नेपाल समाचार। ०१/१२/२०७८
दर्शकहरुले अभिनेता अनमोल र सलोनको जोडीलाई खुब प्रसंशा गर्ने गर्छन् । उनीहरु दुबैले एकैसाथ चलचित्र ‘होस्टेल’बाट रंगीन दुनियाँमा पाइला राखेका थिए । यसपछि यी दुईको जोडी विभिन्न चलचित्र जस्तै ‘गाजलु’, ‘ए मेरो हजुर ३’ मा निरन्तर देखिएको छ । यसैगरी ‘ए मेरो हजुर ४’ मा पनि सलोन र अनमोललाई देख्न सकिन्छ । हुन त, सलोन अनमोलसँग मात्र नभएर अधिकांश चकलेटी नायकहरुसँग फिट छन् ।
दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको लभस्टोरी चलचित्र ‘हनी बनी’मा पनि अब एकसाथ अनमोल र सलोनलाई देखिने भएका छन् । अनमोल केही दिनअघि अनुबन्धित भएका थिए । निर्माणपक्षले अब सलोनलाई पनि चलचित्रमा अनुबन्ध गरेको छ । यो चलचित्रका लागि अभिनेत्री भने खोजी भइरहेको निर्देशक भट्टराईले बताए ।
(Visited 24 times, 1 visits today)