माधवकुमार नेपालसहित १४ सांसदलाई एमालेले कारबाही गरेका को मुद्दा पेसीमा

सेयर गर्नुहोस्

नेपाल समाचार- १/११/२०७८

काठमाडौं- एमालेले माधवकुमार नेपालसहित १४ जना सांसदलाई पार्टीले लगाएको ह्विप उल्लंघन गरेको आरोपमा कारबाही गरेको थियो । उनीहरूलाई दलबाट निस्कासित गरे पनि सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरेको भन्दै मुद्दा परेको हो ।

आफूहरूले कारबाही गरेका १४ जना सांसदहरूलाई पदमुक्त गनु पर्ने माग राखी एमालेले दर्ता गरेको रिट निवेदनको आइतबार पेसी तोकिएको छ । नेकपा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको छुट्टाछुट्टै मुद्दा एकसाथ पेसीमा चढेको हो । लुम्बिनी प्रदेशका सांसदमाथि भएको कारबाहीको मुद्दासमेत एकैसाथ छ । यो मुद्दामा अन्तरिम आदेश भएको थिएन ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *