सरकारले दरबन्दी थप नगरेपछि सशस्त्रका दुई डीआईजीले पाए अवकाश

सेयर गर्नुहोस्

नेपाल समाचार। २८/१०/२०७८

पोखरा- सरकारले दरबन्दी थप नगरेपछि सशस्त्र प्रहरी बलमा कार्यरत दुईजना डीआईजी खड्ग राई र मन्दिप श्रेष्ठले अवकाश पाएका छन् । उनीहरु एआइजीको दरबन्दी थपेर बढुवा हुने प्रयासमा थिए तर सेवा अवधिका कारण उनीहरुले माघ २६ मा राति १२ बजेबाट अवकाशमा गएका हुन् । पद थपेर एआईजीमा बढुवा भएको भएमा उनीहरुमध्ये एकजना सशस्त्र प्रहरीको महानिरीक्षक बन्ने बाटो खुल्थ्यो । दुईजनाको अवकाशसँगै सशस्त्र प्रहरीमा भावी नेतृत्वको प्रतिस्पर्धा प्रस्ट भएको छ ।

उनीहरुको सशस्त्रमा ३० वर्ष पुरा नभएता पनि डीआईजीमा ५ वर्ष सेवा गरेको हुनाले सेवा अवधिका कारण अवकाश पाएका हुन् । त्यसपछि एआईजी पुष्पराम केसी केही दिनका आईजिपी बन्नेछन् । केसीको अवकाशपछि राजु अर्याल, नारायणदत्त पौडेल र सिपी गौतमको बीचमा आईजीपी हुने प्रतिस्पर्धा छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल २०७८ चैत २७ मा अवकाशमा जाँदैछन् ।

(Visited 6 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *