मोटरसाइकल र जीपको ठकर हुदा, मोटरसाइकल चालकको मृत्यु

सेयर गर्नुहोस्

नेपाल समाचार । २७/१०/२०७८

हेम्जा – पोखरामा २५, हेमजामा भएको दुर्घटनामा मोटरसाइकल र जीपको ठकर हुदा मोटरसाइकल चालकको ज्यान गएको छ । कास्की प्रहरीका अनुसार ज्यान गुमाउने युवक कास्कीको अन्रपूर्ण गाउँपालिका १०, घान्द्रुकका दीपक नेपाली थिए। जीप र जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गएराति करिब ९ बजेको समयमा नेपाली सवार ग६प ८८०२ नम्बरको मोटरसाइकल ग१ज ५०५६ नम्बरको जीपमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका नेपालीको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको हाे ।

(Visited 4 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *