नेपाल समाचार- २४/१०/२०७८
काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले एकैदिन ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार २६५ जना सवारी चालकलाई कारवाही गरेको छ । आइतबार काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट उनीहरुलाई कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
ढोका खुल्लै राखेर सवारी चलाउने ५० जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ५७ जना, कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ९१ जना, क्षमता भन्दा बढी यात्रु राख्ने १४ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४८ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने २२ जना र मदिरा पिएर सवारी साधन चलाउने ४५ जना चालक कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।
(Visited 3 times, 1 visits today)