दिल्लीमा राति मात्रै कर्फ्यू, विद्यालय सञ्चालन

सेयर गर्नुहोस्

नेपाल समाचार। २४/१०/२०७८

भारत- दिल्ली, भारतको राजधानीमा कोभिड-१९ को ओमिक्रोन भेरियन्टको बढ्दो केसका कारण डिसेम्बरमा बन्द भएका विद्यालयहरू आज (सोमबार) देखि सञ्चालन भएका छन् । आज बिहान ९ देखि १२ वर्षसम्मका बालबालिका विद्यालय परिसरमा देखा परेका छन् । योसँगै कलेज, जिम, स्पा र स्विमिङ पुल पनि आजदेखि खुल्दैछन् ।

दिल्ली आपत व्यवस्थापन प्राधिकरण (डीडीएमए) को बैठकपछि शुक्रबार लेफ्टिनेन्ट गभर्नर अनिल बैजलको अध्यक्षतामा निर्णय लिइएको हो। शुक्रबार पत्रकार सम्मेलनमा फेब्रुअरी ७ बाट विद्यालय र कलेजहरू खोल्ने दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले जानकारी दिएका थिए । सोमबारदेखि सबै सरकारी तथा निजी कार्यालयहरू शतप्रतिशत क्षमतामा सञ्चालन गर्न सक्नेछन् ।

तर, दिल्लीमा रातिको कर्फ्यू भने हटाइएको छैन । अबदेखि दिल्लीमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लाग्नेछ । दिल्ली सरकारले विद्यालय खुलेपछि पनि हाइब्रिड कक्षाको विकल्प उपलब्ध हुने स्पष्ट गरेको छ । अर्थात्, कक्षाहरू अनलाइन र अफलाइन दुवै लिइनेछ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *