बिहानै थपिए १० कोरोना संक्रमित पोखरामा, ५ थपिए तनहुँमा

सेयर गर्नुहोस्

रस अनलाइन खबर-आज २०७७-०४-३२

पोखरा-पोखरामा आइतबार बिहान १० जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले पोखरामा आइतबार बिहान ६ : ३० बजे ५ जना र ९ :३० बजे ५ जना गरि १० जनामा कोरोना पुष्टि भएको जनाएको हो । निर्देशनालयका अनुसार महानगरका ६ वटा वडाका ४ महिला र ६ पुरुषमा कोरोना देखिएको हो ।

निर्देशनालयले बिहान ६ : ३० मा ५ नं. वार्ड की ३३ वर्षीया महिला तथा वडा नं. १६ का २२ र ५० वर्षीया २ महिला एवं २२ र ३० बर्षीय २ पुरुषमा कोरोना भाइरस देखिएको जनाएको हो । त्यसैगरी ९ :३० बजे पोखरा -८ का ५१ र ५२ वर्षका २ पुरुष, पोखरा २६ र २८ का १ -१ पुरुष र पोखरा ३२ की ८६ वर्षीया वृद्ध महिलामा कोरोना देखिएको हो ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँ भानु – १ का २ पुरुष तथा २ महिलामा पनि कोरोना पुष्टि भएको छ । बिहानै ६ : ३० मा तनहुँ भानु – ४ का ३० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । संक्रमितलाई अहिले आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय १८ पुगेको छ ।

(Visited 8 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *