आज सरस्वती पूजाको दिन गायिका लता मंगेशकरको निधन

सेयर गर्नुहोस्

नेपाल समाचार- २३/१०/२०७८

पोखरा- भारतकी प्रसिद्ध गायिका ‘स्वर कोकिला’ उपनामले चिनिने लता मंगेशकरको ९२ वर्षको उमेरमा आज सरस्वती पूजाकै दिन निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा आज बिहान लताको निधन भएको प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ ।

कोरोना संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरि केही दिनयता उनलाई भेन्टिलेटरमा राखिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गरेका छन् ।

उनले ३६ भाषामा हजारौं गीत गाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनले थुप्रै नेपाली गीत पनि गाएकी छन् । लताको निधनको संगीत र बलिउड क्षेत्र शोकमा छ । हजारौंले सामाजिक सञ्जालमा लताको योगदानको स्मरण गर्दै शोक व्यक्त गरेका छन् ।

उनले भारतको प्रतिष्ठित भारत रत्न, दादा साहेब फाल्के लगायतका सम्मान तथा अवार्ड प्राप्त गरेकी छन् ।

(Visited 4 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *