नेपाल समाचार- २१/१०/२०७८
सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा शुक्रबार दिउँसो एक बजेपछि विद्यालय सञ्चालन गर्ने र नगर्ने भन्नेबारे छलफल सुरु भएको अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिए ।
बैठकमा शिक्षा मन्त्रालयका प्रवक्ता, सीसीएमसीका प्रतिनिधि र प्याब्सनका प्रतिनिधि सहभागी छन् । यसअघि प्याब्सनका प्रतिनिधिले शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेर माघ २३ गतेपछि विद्यालय खोल्न पाउनुपर्ने माग राखेका थिए ।
सरकारले माघ २३ गतेसम्म विद्यार्थीका लागि सम्बन्धित विद्यालयमै विशेष खोप अभियान चलाएको छ । त्यसपछि भौतिक रुपमै विद्यालय सञ्चालन गर्नुपर्ने प्याब्सनको जोड छ । आजको छलफलले एउटा निर्णय गर्नेछ ।
(Visited 3 times, 1 visits today)