नेपाल समाचार- २०/१०/२०७८
अमिताभ बच्चन, राजेश खन्नासमेत केही कलाकारसँग स्क्रिन सेयर गरेका प्रसिद्ध मराठी अभिनेता रमेश देवको मुम्बईको धीरुभाइ अस्पतालमा गएराति मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन् । उनले चार दिन अघि मात्रै ९३ औं जन्मदिन मनाएका थिए।
‘आरती’ बाट हिन्दी चलचित्रको यात्रा सुरु गरेका रमेश देवले सरस्वती चन्द्र, आनन्द, आपकी कसम, मेरे सपने, तीन बहुरानियाँ, पतीता जस्ता चलचित्रमा अभिनय गरेका थिए। केही मराठी र हिन्दी चलचित्रमा अभिनय गरेका रमेश देवको श्रीमती सीमा पनि अभिनेत्री हुन्। उनका छोराहरु अजिन्क्य र अभिनय पनि बलिवुडसँग जोडिएका छन्।
(Visited 11 times, 1 visits today)