नेपाल समाचार। २०/१०/२०७८
चितवन – राष्ट्रिय भूमि आयोगले आजदेखि चितवन जिल्लाका तीन पालिकाका सुकुम्बासीको जग्गा नापिको काम सुरु गर्न लागेको छ। आयोगले जग्गा नाप्नु पूर्व तीन पालिका कालिका, माडी नगरपालिकाका र भरतपुर महानगरपालिका अमिन तथा सर्वेक्षकलाई बुधबार प्रशिक्षण दिएको थियो । भरतपुरका छ वडा, कालिका र माडीका ३÷३ वडाबाट काम सुरु गर्न लागेको आयोगका जिल्ला अध्यक्ष बद्रि तिमिल्सीनाले बताए । सुरुवाती गरेका वडा सकिएसँगै अन्य वडाको काम थालिने छ ।
माडी नगरपालिकामा १५ दिन, कालिका नगरपालिकामा २० दिन र भरतपुरमा ३५ दिनमा काम सम्पन्न गरि सम्बन्धित पालिकामा लगत बुझाउने गरि योजना बनाइएको छ । पालिकाले जिल्लास्थित राष्ट्रिय भूमि आयोगमा सो लगत पठाउने छ । तिमिल्सीनाका अनुसार नापजाँचका लागि २७ अमिन र नौ सर्वेक्षकलाई प्रशिक्षण दिइएको छ ।
(Visited 3 times, 1 visits today)