अमेरिकामा ५ वर्ष मुनिका बालबालिकाको लागि खोप मान्यता दिँदै

सेयर गर्नुहोस्

नेपाल समाचार- १९/१०/२०७८

एजेन्सी – अमेरिकामा ५ वर्ष मुनिका बालबालिकाको लागि कोरोनाविरुद्धको खोपलाई मान्यता दिने अन्तिम तयारी भइरहेको छ । खोपलाई मान्यता दिने तायारी अन्तिम चरणमा पुगेको अमेरिकी औषधि नियामक एफडीएलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
एफडीएका अनुसार फाइजर कम्पनीले पाँच वर्षभन्दा मुनिका बालबालिकाको लागि दुई मात्रा दिने खोपको लागि आवेदन दिने तयारी गरेको हो।

कोरोनाको ओमिक्रोन भेरियन्ट आएपछि बालबालिकामा सङ्क्रमण दर बढेपछि उनीहरुलाई पनि खोप दिनुपर्ने माग उठिरहेको छ। कम्पनीले तीन मात्रा दिन सकिने खोपको बारेमा पनि अध्ययन गरिरहेको छ। तर, यसको लागि भने मार्च महिनासम्म कुर्नुपर्ने खबरमा उल्लेख छ।

अमेरिकन एकेडेमी अफ पीडियाट्रीक्सका अनुसार गत महिना अमेरिकामा २५ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ। यसमध्ये केही बालबालिका अस्पताल भर्ना भएका थिए। कोरोनाले केहीको मृत्युसमेत भएको पाइएको छ।

(Visited 11 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *