आज दशरथ रंगशालामा दोस्रो मैत्रीपूर्ण फुटबल नेपाल र मरिससबीच

सेयर गर्नुहोस्

नेपाल समाचार- १८/१०/२०७८

काठमाडौ- आज दशरथ रंगशालामा दोस्रो मैत्रीपूर्ण फुटबल खेल नेपाल र मरिससबीच अपराह्न पौने पाँच बजे हुनेछ ।

प्रशिक्षक अबदुल्लाह अलमुताइरीले यसअघि घोषित टिममा दुई जना खेलाडी परिवर्तन गरेका छन् । यसअघि घोषित टिममा रहेका अनन्त तामाङ र प्रशान्त अवस्थीको सट्टा दर्शन गुरुङ र मनिष डाँगीलाई समावेश गरिएको छ ।

गत शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई एक–शून्यले हराएको थियो । नेपालको जितमा विमल घर्तीमगरले निर्णायक गोल गरेका थिए ।

(Visited 27 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *