प्रतितोला सय रुपैयाँले बढ्यो सुनको मूल्य

सेयर गर्नुहोस्

नेपाल समाचार। १८/१०/२०७८

काठमाडौँ– नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको भाउ प्रतितोला सय रुपैयाँले बढेर छापावाल सुनको भाउ तोलाको ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार भने छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको महासंघले बताए ।

चाँदीको भाउ भने स्थिर छ । सोमबार एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि त्यही भाउमा निर्धारण भएको छ ।

(Visited 4 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *