हेटौँडामा अक्सिजनको माग बढ्न थालेपछि उत्पादन सुरु

सेयर गर्नुहोस्

नेपाल समाचार। १७/१०/२०७८

हेटौँडा- तेस्रो ओमिक्रोनको महामारीमा कोरोना सङ्क्रमित बिरामी थपिए संगसंगै अक्सिजनको माग बढ्न थालेपछि हेटौँडा अस्पतालले अक्सिजनको अभाव हुन नदिन अहिले दैनिक २५० सिलिन्डर (ठूलो) उत्पादन गर्ने क्षमताको प्लान्ट निमार्ण गरेको सो अस्पतालले जनाएको छ ।

सो अस्पतालका अध्यक्ष राजेश प्रसाईंले जानकारी दिए अनुसार अमेरिकी सरकारको सहयोगमा सङ्घीय स्वास्थ्य मन्त्रालयले रु तीन करोडको लागतमा दैनिक १२५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरेपछि आजदेखि प्लान्टबाट उत्पादन सुरु भएको हो। साथै उद्योग सङ्घ मकवानपुरले ११० अक्सिजन सिलिन्डर र हेटौँडा उपमहानगरपालिकाले दैनिक १५ सिलिन्डर (ठूलो) अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरिएको हो।

हाल अस्पतालमा नौ कोरोनाका बिरामी उपचारत रहेको अस्पतालका सुपरिटेण्डेण्ट डा.रामचन्द्र सापकोटाले बताए । मकवानपुर जिल्लामा हाल कोरोना सङ्क्रमितको सङ्ख्या क्रमिक घट्दै गएको अस्पतालले जनाएको छ ।

(Visited 53 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *