डोटीमा रगतका लागि ब्यारेक र प्रहरी कार्यालय धाउनुपर्ने

सेयर गर्नुहोस्

नेपाल समाचार। १६/१०/२०७८

डोटी- दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका सर्वजित देउवाको अनुसार डोटीमा रक्तदानको चलन त्यति धेरै नहुँदा बिरामीका लागि रगत खोज्न धौ धौ परेको छ । बिरामीहरु रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता छ । देउवाले भने , “कोही बिरामी परे सेना र प्रहरी खोज्नुपर्छ, स्थानीयले रगत दिनै मान्दैनन् ।” अस्पतालमा बिरामीले रगतको व्यवस्था आफै गर्नुपर्ने हुन्छ ।

जिल्लामा रेडक्रस सोसाइटीले रगत सङ्कलन केन्द्र (ब्लड बैंक) सञ्चालनमा ल्याए पनि रगत अभाव भइरहन्छ । रगतका लागि सो केन्द्र भरपर्दो नभएको स्थानीयवासी बताउँछन् । रक्तदानका लागि रेडक्रसले जिल्लामा अभियान नै सञ्चालन गर्ने गरेको छ । सुत्केरीलाई सबैभन्दा बढी समस्या हुने गरेको जिल्ला अस्पतालका सूचना अधिकारी अमर भाटले बताए ।

नेपाली सेनाका विभिन्न युनिट, सशस्त्र प्रहरीको ३६ नम्बर गण तथा नेपाल प्रहरीले बिरामीलाई सहजै रगत उपलब्ध गराउने गरेका कारण बिरामीहरु रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीको नै भर पर्ने गर्छन् त्यसैगरी रगत आवश्यक परे सिधैँ प्रहरी र सेनालाई सम्पर्क गर्छौँ अस्पतालका निर्देशक आइजङ्ग कुँवरले बताए ।

(Visited 4 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *