गुल्मीमा लक्षित वर्गलाई बुस्टर खोप लगाउन सुरु

सेयर गर्नुहोस्

नेपाल समाचार। १६/१०/२०७८

आइतबारदेखि गुल्मी जिल्लामा लक्षित वर्गलाई कोरोनाविरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ । जिल्ला सुरक्षा समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद पौड्यालले बुस्टर खोप लगाएर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

रेसुङ्गा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक बोम अर्यालका अनुसार बुस्टर खोप पहिलो चरणमा कर्मचारी, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, महिला स्वयंसेविका लगायत अग्रमोर्चामा रहेर काम गर्ने लक्षित वर्ग र ६२ वर्ष भन्दामाथिका नगरवासीलाई करिव ३ हजार ५ सय जनालाई लगाउने लक्ष्य लिइएको छ । यस अघि पुस ६ गते देखि १२ बर्ष देखि १७ बर्ष उमेर समुहका विद्यार्थीहरुलाई कोरोना बिरुद्धको पहिलो चरणको खोप लगाइएको थियो ।

(Visited 4 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *