नेपाल समाचार- १३/१०/२०७८
विराटनगर- मोरङको बेलबारी नगरपालिका–९ मा ८० वर्षीय वृद्ध दलबहादुर खत्रीको हत्या आरोपमा प्रहरीले उनका ३५ वर्षीय छोरा जयबहादुर खत्रीलाई पक्राउ गरेको हो ।
बुधबार राति विवाहमा मापसे गरी फर्किएका जयबहादुरले सामान्य विवादपछि बुबाको घाँटी थिचेर हत्या गरेको आरोप छ । राति साढे ११ बजे सामान्य विवादमा बुबाको हत्या गरेको आरोप जयबहादुरमाथि लागेको छ ।
घटनाको अनुसन्धानका लागि बुधबार राति नै जयबहादुरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिनुभएको छ ।
(Visited 7 times, 1 visits today)