जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक

सेयर गर्नुहोस्

नेपाल समाचार- १२/१०/२०७८

काठमाडौं – गत मंसिरमा केन्द्रीय तथ्यांक विभागले गरेको १२औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । जनगणना अनुसार नेपालको नयाँ जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० कायम भएको छ । पुरुष संख्या १ करोड ४२ लाख ९१ हजार ३११ र महिला संख्या १ करोड ४९ लाख १ हजार १६९ रहेको छ ।

विभागका अनुसार राष्ट्रिय जनगणना २०६८ को तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले उल्लेख गरेको छ । यसपटक वृद्धिदर ०.९३ प्रतिशत छ । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ ।

अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो । पछिल्लो १० वर्षमा २७ लाख जनसंख्या वृद्धि भएको छ ।

(Visited 8 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *