दुई उम्मेदवारलाई मात्र मतदान गर्न राप्रपाको निर्देशन

सेयर गर्नुहोस्

नेपाल समाचार- ११/१०/२०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं संविधानसभा सदस्य राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज बसेको केन्द्रीय पदाधिकारीहरुको बैठकले राष्ट्रिय सभा निर्वाचनमा आफ्ना दुई जना उम्मेदवारलाई मात्र मतदान गर्न निर्देशन दिएको छ ।

बैठकपछि भोलि हुने सो निर्वाचनमा प्रदेश नं. १ मा पार्टीको तर्फबाट उम्मेदवारी दिएका अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई मात्र मतदान गर्ने निर्णय भएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अन्य प्रदेशहरुमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने उम्मेदवार नभएकाले मतदान प्रक्रियामा सहभागी नहुन मतदाताहरुलाई निर्देशन दिइएको महामन्त्री भुवन पाठकद्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

(Visited 8 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *