गण्डकी लगायत अन्य प्रदेशमा वर्षा र हिमपातको सम्भावना

सेयर गर्नुहोस्

नेपाल समाचार। १०/१०/२०७८

देशभर पश्चिमी वायुको प्रभाव रहेको जानकारी दिँदै मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्मको मौसमको बुलेटिन सार्वजनिक गरेको छ।

माघ १०,२०७८ सोमबार बिहान जारी बुलेटिन मार्फत महाशाखाले हाल गण्डकी प्रदेशसँगै कर्णाली, लुम्बिनी र सुदुरपश्चिममा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशहरुमा आँशिक देखि सामान्य बदली रहेको तथा यी प्रदेशका केही स्थानमा हल्का देखी मध्यम वर्षा र हिमपात भइरहेको जानकारी दिएको छ ।

सोमबार राति गण्डकी प्रदेश, प्रदेश नं १, मधेस प्रदेश, बाग्मती प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । सोमबार दिउँसो समेत यी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम, बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मंगलबार र बुधबार समेत केही स्थानमा हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। वर्षा र हिमपातले देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ ।

(Visited 10 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *