नेपाल समाचार- ०६/१०/२०७८
सत्तारूढ नेपाली कांग्रेसको भातृ संगठन नेपाल (नेविसंघ) विद्यार्थी संघले बुधबार राति बढेको इन्धनको मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको छ ।
नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति सार्वजनिक गर्दै महामारीको समयमा नेपाल आयल निगमले गरेको इन्धनको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका हुन् त्यसै गरि निगमले संकटको समयमा प्रयोग गर्न मिल्ने मूल्य स्थिरीकरण कोषमा सञ्चित रकम उपयोग नगरेको भन्दै आपत्ति जनाएका छन् । महामारीमा उपभोक्तालाई सर्वसुलभ सेवा दिनुको साटो थप पीडा दिने गरी बढेको मूल्य फिर्ता गर्न माग विज्ञप्तिमा गरिएको छ ।
अत्यावश्यकीय वस्तुको पटकपटक गरिएको मूल्यवृद्धिले उपभोक्ता मारमा परेको भन्दै विज्ञप्तिमा आक्रोश व्यक्त गरिएको छ र वृद्धि जनविरोधी भएको भन्दै भत्र्सनासमेत गरिएको छ ।
बुधबार राति निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा समान प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १३९ र डिजेल तथा मट्टीतेलको मूल्य १२२ रुपैयाँ कायम गरिएको छ । त्यस्तै आन्तरिक हवाई इन्धनमा ५ रुपैयाँले वृद्धि गरेर १०६ रुपैयाँ प्रतिलिटर बनाइएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर १ सय अमेरिकी डलरले वृद्धि भएको छ भने एलपी ग्यासको मूल्य यथावत छ।