बेस्ट फिफा अवार्ड लेवान्डोस्कीलाई

सेयर गर्नुहोस्

नेपाल समाचार। ०४/१०/२०७८

सन् २०२१ को बेस्ट फिफा अवार्डमा वर्षको उत्कृष्ट पुरुष खेलाडी बायर्न म्युनिख तथा पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की चुनिएका छन् । ३३ वर्षीय खेलाडीले ६९ गोल गरेर लगातार दोस्रो वर्ष यो उपाधि जितेका हुन् ।

पेरिस सेन्ट जर्मेनका लियोनेल मेस्सीर लिभरपुलका मोहमद शलाहलाई उनले पछि पारे । उनले ३४ खेलमा ४३ गोल गर्न सफल भएका थिए । लेवान्डोस्कीले हालैमात्र गर्ड मुलरको बुन्डेस लिगामा एकै वर्षमा सबैभन्दा धेरै गोल गर्ने ४९ वर्ष पुरानो कीर्तिमान भंग गरेका थिए ।

चेल्सीलाई च्याम्पिन्स लिगको उपाधि दिलाएका प्रशिक्षक थोमस टुकलले उत्कृष्ट प्रशिक्षकको उपाधि जिते । चेल्सीकै एडुवार्ड मेन्डी उत्कृष्ट गोलकिपर बने । डेनमार्कको राष्ट्रिय टोलीले बेस्ट फिफा फेयर प्ले अवार्ड पायो भने इमा हेयस वर्षको उत्कृष्ट महिला खेलाडी चुनिइन् ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *