नेपाल समाचार। ०२/१०/२०७८
दिनेश पाल्पालीको निर्देशन रहको फिल्म ‘चिसो एस्ट्रे’ को प्रदर्शन मिति आगामी चैत ४ गते तोकिएकोछ र यस फिल्मले सार्वजनिक गरेको पहिलो गीत ‘ड्रिम पाइरेसी’ मा अजर जंगमको स्वर तथा संगीत छ । गीतको शब्द निर्देशक पाल्पाली आफैंले कोेरेका हुन् ।
यस गीतले अरुले बाँचिरहेका सपनाहरु पूरा गर्न मानिसहरुले गरेको दौडधुपको कथालाई ब्क्ता गर्छ । गायक जंगमले गीतले फिल्मको कथालाई अभिव्यक्त गर्ने बताए । गीतमा युवापुस्ताको दैनिकी बनेका चुरोट, कन्भर्स, चश्मालाई एनिमेसन गरी मार्फत देखाइएको छ ।
महेशबाबु तिमल्सिना निर्माता रहेको फिल्ममा उज्जवल बस्ताकोटीको छायांकन र उज्वल ढकालको सम्पादन छ । ‘एउटा गाउँले ठिटो सहरी ठिटो बन्ने चक्करमा कसरी चुरोटको ठुटो बन्छ, फिल्ममा यही थिममा तयार भएको छ’ निर्माता महेशबाबु तिमल्सिनाले भने ।
(Visited 4 times, 1 visits today)