२० औं आहा ! रारा गोल्ड कप माघ ०६ गते देखी माघ १५ गते सम्म

सेयर गर्नुहोस्

नेपाल समाचार।२६/०९/२०७८

खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्येश्यका साथ सहारा क्लब पोखराद्धारा आयोजित मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको २० औं संस्करण २०७८ साल माघ ०६ गते देखी माघ १५ गते(january 20th to january 29th, 2022) सम्म सञ्चालन गर्न गइ रहेका छन् | उक्त समय तालिका अखिल नेपाल फुटबल संघबाट आयोजकलाई प्राप्त भएको छ । स्मरणिय रहोस गत वर्षको विजेता संकटा क्लब र उपविजेता अफ्रिकन रुट एसोसिएसन डाउल्ला, क्यामरुन रहेको थियो |

“आत्मा साँक्षी राखि मन, वचन र कर्मले समाजिक सेवा गरौं” भन्ने उद्येश्यका साथ वि.स. २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापित यस सहारा क्लब पोखराले आयोजन गर्ने प्रतियोगिता पोखराको पर्यायवाचीको रुपमा लिने गरिन्छ । यस प्रतियोगितालाई पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको हो । सर्वोत्कृष्ट खेलाडी पुरस्कार सिताजको अप्रिला स्कुटर, सर्वाधिक गोलकर्ता पुरस्कार प्रायोजन हंगकंग निवासी अधिबक्ता लोकदोहोरि गायक समाजसेवी देव गुरुङ , अफिसियल बैंक लुम्बिनी विकास बैंक, इन्टरनेट पार्टनर एयरसन , प्रत्यक्ष प्रसारण ग्यालेक्सी फो.के. टेलिभिजन,अफिसियल , स्पोर्ट वयर पार्टनर एक्स टेप, अफिसियल एयर लाइन्स बुद्ध एअर , सहयोगी संस्था राष्ट्रिय खेलकुद परिषद/ प्रदेश खेलकुद परिषद, गण्डकी / अखिल नेपाल फुटबल संघ/ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति/ जिल्ला खेलकुद विकास समिति कास्की/ कास्की जिल्ला फुटबल संघ/ सहारा यु.के./ सहारा क्लब हङ्गकङ्ग/ सहारा क्लब अष्ट्रेलिया,समेतको बिशेष सहयोग र पोखरा महानगरपालिकाको संयोजनमा क्लबले प्रतियोगिताको आयोजना गर्ने लक्ष्य लिएको छ ।

यस प्रतियोगिताको कुल अनुमानित आम्दानी १ करोड ३६ लाख १ हजार रुपैया र कुल अनुमानित खर्च १ करोड ६ लाख ४८ हजार ५ सय रुपैयाँ लाग्ने अनुमान गरिएको छ । २०औं संस्करणमा १० वटा टिमको सहभागि हुने जानकारी गराउँदछौ |
सहभागी टिमहरु
१. संकटा क्लब, ६. मछिन्द्र क्लब,
२. नेपाल पुलिस फुटबल क्लब ७. हिमालयन शेर्पा क्लब
३. रुस्लान थ्रिस्टार क्लब ८. त्रिभुवन आर्मी फुटबल क्लब
४. नेपाल ए. पि. एफ. क्लब, ९. BYSC, MINESOTA, USA.
५. मनाङ्ग मर्‍याङ्गदी क्लब, १०. सहारा क्लब पोखरा

सहारा क्लब पोखराले सम्पन्न गरिसकेको क्याराभान गोल्ड कप सहित यो प्रतियोगिता २१ वर्ष देखी निरन्तर सञ्चालित यस प्रतियोगितामा वचत हुन आएको रकम क्लबद्वारा सन्चालित सुर्य बहादुर के. सी. स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको रुपमा उक्त एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् ।२०५८ सालको एकेडेमी संचालन पछी विगत २०६१ साल देखि आश्रित बालकहरुको भरणपोषण आवासिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षादिक्षा लगायत फुटबल प्रशिक्षण समेत सुर्य बहादुर के. सी. स्मृति सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा—१७, दोविल्लामा प्रदान गर्दै आईरहेका छौ । उक्त एकेडेमीको संञ्चालनको मुख्य श्रोत नै यस प्रतियोगिता रहेको हुँदा सम्पूर्ण खेलप्रेमीहरुबाट विगतका बर्षहरुमा जस्तै सहयोगको अपेक्षा राखेका छौ ।

(Visited 5 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *