जिप दुर्घटना हुँदा दाङमा ६ जना घाइते

सेयर गर्नुहोस्

नेपाल समाचार- २२/०९/२०७८

दाङ- पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट लमहीतर्फ आउँदै गरेको स्कार्पियो बुधबार राति २ बजे अनियन्त्रित भइ लमही- ३ स्थित बगाइ खोलाको पुलमा ठोक्किंदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइते हुनेमा वडानम्बर ५ को कोलही बस्ने २५ वर्षीय विनोद चौधरी, लमही नगरपालिका-२ बरुवा गाउँका २८ वर्षीय प्रदीप चौधरी, सोही ठाउँ बस्ने वर्ष २० कि सिर्जना सुनार, रातो डाँडा निवासी १८ वर्षीया आकृति पाण्डे, वडानम्बर ६ देउपुर बस्ने वर्ष १८ कि बिनिता लुहार र लमही बजार निवासी ३७ वर्षीय भानुप्रसाद गुप्ता रहेका छन् ।

दुर्घटनामा चालक प्रदीप चौधरी, विनोद चौधरी , सिर्जना सुनारको , भानुप्रसाद गुप्ता टाउकोमा चोट लागेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । बाँकी घाइतेको मुख र हातमा चोट लागेको छ । घाइतेहरूको नेपालगञ्ज र बुटवलमा उपचार भैरहेको प्रहरीले बताएको छ ।

(Visited 4 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *