नेपाल समाचार। २१.०९.२०७८
बलिउड कमेडियन कपिल शर्मा ‘द कपिल शर्मा शो’ की कलाकार सुमोना चक्रवर्तीको कारण निकै तनावमा हुनुहुन्छ। सुमोनाले ‘द कपिल शर्मा शो’ मा लामो समयदेखि कपिल शर्माकी श्रीमतीको भूमिकामा दर्शकलाई मनोरञ्जन दिइरहनु भएकाे छ। अभिनेत्री अहिले कोरोनाभाइरसको शिकार हुनुभएकाे छ । सुमोनालाई कोरोना संक्रमण भएपछि कपिल केही तनावमा देखिनुभएकाे छ ।
सुमोनाले सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएकाे छ । उहाँले आफ्नो स्वास्थ्य अवस्थाकोबारेमा पनि जानकारी दिनुभएकाे छ । सुमोनाका अनुसार उहाँ होम क्वारेन्टाइनमा हुनुहुन्छ । उहाँले आफ्नो लागि प्रार्थना गर्न फ्यानमाझ आग्रह गर्नुभएकाे छ ।
(Visited 11 times, 1 visits today)