खोटाङका बालबालिकालाई मोडर्ना खोप दिइँदै

सेयर गर्नुहोस्

नेपाल समाचार। २१/०९/२०७८

खोटाङका पाँच स्थानीय तहका बालबालिकालाई कोभिड–१९ विरुद्ध मोडर्ना खोप दिइएको छ । १० स्थानीय तह रहेको जिल्लामा २० हजार बालबालिकालाई मोडर्ना खोप दिइने स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

खोटेहाङ गाउँपालिकामा १८–२० पुससम्म, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १८–२० पुससम्म, बराहपोखरी गाउँपालिकामा १७–१९ पुससम्म, रावाबेँसी गाउँपालिकामा १८–२० पुससम्ममा र हलेसी तुवाचुङ नगरपालिकामा १८–२० पुससम्म १२ वर्षदेखि १७ वर्ष उमेर समुहका बालबालिकालाई मोडर्ना खोप दिइएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २१–२३ पुससम्म, ऐंसेलुखर्क गाउँपालिकामा १९–२१ पुससम्म, साकेला गाउँपालिकामा १९–२१ पुससम्म, केपिलासगढी गाउँपालिकामा २०–२३ पुससम्म र जन्तेढुंगा गाउँपालिकामा २०–२३ पुससम्म मोडर्ना खोप अभियान सञ्चालन हुनेछ । खोप लगाउनेमा अधिकांश छात्र/छात्रा छन् ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *