पाँच दिनसम्म पनि हिउँमा फसेका बाबुछोराकाे उद्धार हुन सकेन

सेयर गर्नुहोस्

नेपाल समाचार। १९/०९/२०७८

पाँच दिनअघि आएको हिउँ पहिरोले अन्दाजी ५०–५५ वर्षका लाक्पाटाँसी र उनका १४–१५ वर्षीय छोरा पासाङ शेर्पालाई बगाएको हो । ‘चौरीसँगै हिउँ पहिरोले बगायो । तर, ओढर भेटेर बसेका छौँ । हामी निस्कन नसक्ने भयौं । हेलिकोप्टरबाट निकालिदिनु’ भन्दै शनिवार बिहान फोनबाट आग्रह गरेको मिक्वाखोला गाउँपालिका–५ का वडा अध्यक्ष डण्डु शेर्पाले बताउनु भयाे । समुद्र सतहबाट चार हजार मिटर उचाइमा अवस्थित पापङको लोनाक भन्ने ठाउँमा चौंरी गोठ सार्ने क्रममा उनीहरू हिउँमा फसेको हुन् ।

शनिवार बिहान पनि हेलिकोप्टरमार्फत उनीहरूको उद्धार प्रयास भएको थियो । तर, कुन ठाउँमा बसेको छन् मेसो नपाएपछि हेलिकोप्टर त्यसै सुकेटार विमानस्थल फर्केको थियो । आइतबार बिहान पनि उद्धारका लागि दुई पटक सुकेटरबाट पापुङको लोनाकमा हेलिकोप्टर गएको थियो ।

आज पनि उनीहरू बसेको ठाउँ पत्ता नलागेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयाे । फोनसम्पर्क भएकाले बाबुछोरा बसेको ठाउँमा आगो बालेर धुवाँ निकाल्न अनुरोध गरेको पाण्डेले बताउनु भयाे। धुवाँ निस्केपछि ठाउँ पहिचान गरेर हेलिकोप्टरमार्फत उद्धार गर्ने पाण्डेको भनाइ छ । हिउँमा फसेका बाबुछोराकाे पाँच दिनमा पनि उद्धार हुन सकेन।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *