किलीको बलिउड प्रेम

सेयर गर्नुहोस्

नेपाल समाचार. १२/०९/२०७८

किली बाल्यकालदेखि नै बलिउड फिल्म र गीत मनपराउथे । बलिउड गीतमा कहिले लिपसिंक त कहिले धमाकेदार नृत्य गरेको भिडियो सार्वजनिक भएपछि उनको चर्चा चुलियो । उनी बलिउड भिडियो बनाउछन् र सामाजिक सञ्जालमा राख्छन् । जुन भिडियो तुरुन्तै भाइरल बन्छन् । शुरुवाती समयमा उनी एक्लै भिडियो बनाउथे, तर विस्तारै उनको यो काममा बहिनी नीमाले सहयोग गरिन् । ‘मलाई बलिउडको फिल्मको निकै मनपर्छ किनकी म भारतीय फिल्म हेरेरै हुर्किएको हुँ । म लामो समयदेखि बलिउडका गीत सुनिरहेको छु । त्यहीकारण हिन्दी गीतमा मेरो रुची बढेको छ’, उनी भन्छन् ।

किली ताञ्जानियामा गाईहरुसँग बस्ने गर्दछन् । किनकी उनी किसान हुन् । उनीसँग धेरै संख्यामा गाई छैनन् । उनीसँग भएको मोबाइलमार्फत इन्स्टाग्राममा ट्रेन्डिङ रिल्स हेर्छन् । उनी युट्युबमार्फत नै भारतमा के ट्रेन्ड छ भनेर नियाल्छन् ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *