विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिनुपर्ने : मुख्यमन्त्री भट्ट

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-१२-२२

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । कैलालीको गोदावरी नगरपालिका–७ मा निर्माण गरिएको श्रीपुर खानेपानी आयोजनाको उदघाटन समारोहमा उहाँले खानेपानीका मूल सुक्न थालेकाले यसको संरक्षणका लागि अबका दिनमा गरिने विकास योजनामा ध्यान दिनुपर्ने बताउनुभयो ।

“पछिल्लो समय विकास निर्माणका काम भएका छन् तर विकास निर्माण गर्दा हुने विनाशलाई पनि ध्यान दिन आवश्यक छ”, मुख्यमन्त्री भट्टले भन्नुभयो, “प्रदेश सरकार यो कुरामा सजग छ र यसका लागि नीति बनाएर अगाडि बढ्ने छ ।” उहाँले सुदूरपश्चिमका सबै नागरिकलाई स्वच्छ खानेपानी पुर्याउन प्रदेश सरकार प्रयत्नशील रहेको बताउनुभयो ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *