रस अनलाइन खबर आज २०७७-१२-१७
वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन भएको छ । ९१ वर्षको उमेरमा मानन्धरको सोमबार साँझ निधन भएको हो ।
विष्णुबहादुर मानन्धरलाई श्रद्धाञ्जली दिँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल
उनको मंगलबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
नेता मानन्धरलाई नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, गणेश शाह, पूर्व सभामुख कृष्णबहादुर महरालगायतका नेताहरुले अन्तिम बिदाइ गरेका थिए ।
नेता मानन्धर नेपाली कम्युनिस्ट आन्दोलनका इमान्दार नेताको रुपमा परिचित थिए । नेपाल कम्युनिस्ट पार्टी(संयुक्त) बनाउनका लागि उनको महत्वपूर्ण भूमिका रहेको थियो । मानन्धर लामो समयसम्म नेकपा(संयुक्त)को महासचिव थिए ।
(Visited 1 times, 1 visits today)