होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-१२-१६

काठमाडौँको शंखरापुर नगरपालिकामा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन बालबालिका घाइते भएका छन् ।

आइतबार शंखरापुर नगरपालिकाको वडा नम्बर १ स्थित सरस्वती दूध उत्पादन सहकारी संस्थामा राखिएको एसिडलाई पानी सम्झेर छ्याप्दा ३ जना घाइते भएका हुन् ।

एसिड लागेर ९ वर्षीय विशाल तामाङ, ११ वर्षीय सविन तामाङ र १६ वर्षीया अस्मिता तामाङ घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि साँखुको सुश्मा कोइराला मेमोरिय अस्पतालमा राखिएको काठमाडौं प्रहरी परिसरका एसएसपी अशोक सिंहले बताए ।

पानी भनेर एसिड छ्याप्ने २ जना युवकसहित डेरी सञ्चालकलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

‘डेरीमा दूधको फ्याट चेक गर्न एसिड प्रयोग गर्दा रहेछन् । त्यही एसिडलाई पानी सम्झेर उनीहरूले छ्यापेछन् । दुई युवकसहित एसिडलाई सहजै पहुँचमा राख्ने डेरी सञ्‍चालकलाई पनि पक्राउ गरेका छौं,’ एसएसपी सिंहले भने ।

(Visited 7 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *