कोरोना रिपोर्ट नेगिटिभ अनमोल र उपासनाको

सेयर गर्नुहोस्

रस अनलाइन खबर-आज २०७७-०४-२६

कन्ट्याक्ट ट्रेसिङमा परेका नायक अनमोल केसी र नायिका उपासना सिंह ठकुरीको कोरोना रिपोर्ट नेगिटिभ आएको छ । केही दिन अगाडि एक विज्ञापनका लागि फोटोसुट गर्ने क्रममा उनीहरु कन्टयाक्ट ट्रेसिङमा परेका थिए ।

अनमोल र सुहानाको स्वाब संकलन गरिएको थियो । नायक अनमोल केसीले भने–‘स्वाब संकलन भएपछि रिपोर्ट नआन्जेलसम्म त डर नै लागेको थियो । तर, रिपोर्ट आएपछि ढुक्क भएको छ ।’

यमाहा कम्पनीमा काम गर्ने एक महिलामा कोरोना पोजिटिभ देखिएको र उनी अनमोल र सुहानाको फोटोसुटको दिन उनीहरुसँगै रहेकाले पनि दुई कलाकार कन्टयाक्ट ट्रेसिङमा परेका थिए ।

स्वाब संकलन गरिएपछि अनमोल घरमै आइसोलेसनमा बसेका थिए । उनले, घरमा पनि सामाजिक दुरी कायम गरेर बसेको जानकारी दिएका थिए । लकडाउन खुलेसँगै अनमोल निरन्तर विज्ञापनको छायांकनमा व्यस्त छन् ।

(Visited 39 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *