सभामुख सापकोटाले लगाए कोरोनाविरुद्धको खोप

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-११-१९

सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप लगाएका छन् । बुधबार बिहान सिभिल अस्पताल पुगेर सभामुख सापकोटाले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालले पनि बुधबारै खोप लगाएकी हुन् ।

बुधबार बिहान १० बजेदेखि चार बजेसम्म संघीय संसदका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, सांसदहरु, महासचिव, सचिव लगायतलाई खोप लगाउने कार्यक्रम छ ।

सभामुख, अध्यक्ष, उपाध्यक्षका सचिवालयमा कार्यरत कर्मचारीहरु, हाजिरी व्यवस्थापनमा कार्यरत कर्मचारीहरु, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पनि आजै खोप लगाउने कार्यक्रम निर्धारण गरिएको छ ।

(Visited 6 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *