रस अनलाइन खबर आज २०७७-०४-२६
तामाको भाँडाको प्रयोग कुनै नौलो कुरा होइन तर यसलाई प्रयोग गर्दा निकै सावधानी अपनाउनुपर्छ । किनभने केही खानेकुरा यसमा राख्दा तामामा केमिकल रियाक्सन हुन्छ, जुन शरीरका लागि निकै घातक पनि हुन सक्छ
धेरैलाई तामाको भाँडाको फाइदाबारे थाहा छ । तर त्यसको हानीबारे भने थाहा छैन । तामामा सुख्खा खानेकुरा राख्दा कुनै हानी हुँदैन तर कुनै खानेकुरा भने यसमा राख्नुहुँदैन । खानेकुरा तामासँग मिसेर रियाक्ट हुन थाल्छ र यसले फुड पोइजनिङको सम्भावना बढाउने गर्छ ।
अमिलो फल र दूधः
तामाको भाँडामा जुनसुकै अमिलो फल राख्दा फुड पोइजनिङको खतरा बढ्ने गर्छ । स्याउ, अनार, अम्बा, मेवाजस्ता फल तामाको भाँडामा बिर्सेर पनि नराख्नुहोस् । यस्ता फल खाँदा बान्ता हुने, रिंगटा लाग्ने जस्तो समस्या निम्तिन सक्छ । तातो होस् वा चिसो दूध पनि तामाको भाँडामा राख्नुहुँदैन । यसले पनि स्वास्थ्यमा कारात्मक असर पुर्याउने गर्छ ।
अचार, दही र कागतीको रसः
तामाको भाँडामा अचार राख्दा यसमा भएको नुनिलो पानी तामासँग मिल्छ । यसले फुड पोइजनिङ पनि हुनसक्छ । यस्तै, कागतीको रसमा भएको एसिड तामासँग मिलेर रियाक्ट हुन्छ । यसले एसिडिटी वा पेट दुखाई जस्तो समस्या हुन सक्छ । यसबाहेक दहीमा भएको तत्व पनि तामासँग मिसेर रियाक्ट हुन्छ जसले फुड पोइजनिङको खतरा बढ्न सक्छ ।