रस अनलाइन खबर आज २०७७-११-१८
स्वास्थ्य परीक्षणका लागि भारतको नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आझ स्वदेश फर्कदै छन् ।
उनी नेपाल एयरलाइन्सको दिल्ली-काठमाडौँ उडानमार्फत आजव स्वदेश फर्किन लागेको उनकव सचिवालयले जनाएको छ ।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईको दिल्लीस्थित यकृत एवंम पित्त विज्ञान संस्थानमा परीक्षण गरिएको थियो ।
न्युरो इन्डोक्राइन ट्युमरको शंका गरिएकोमा उनलाई ट्युमर क्यान्सर नभएको पुष्टि भएको छ ।
चिकित्सकहरुले उनको ट्युमर केही महिनामा नै शल्यक्रिया गरि फाल्नु पर्ने सुझाव दिएका छन् ।
(Visited 7 times, 1 visits today)