काजु खानुहोस् , दिमाग तेजिलो बनाउनुहोस

सेयर गर्नुहोस्

रस अनलाइन-आज २०७७-०४-२५

काजु -महँगो ड्राइ फ्रुट हो । थोरै खादा पनि धेरै फाइदा पुर्‍याउने काजुमा मेग्निसियम, कपर, आइरन, पोटासियम लगायतका तत्व भरपुर मात्रामा पाइन्छ । यी तत्वले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यसैले काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र बनेको लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ । काजुमा एक प्रकारको तरल पाइन्छ, जसमा भिटामिन–बी प्रचुर मात्रामा हुन्छ ।

त्यसैले हरेक दिन दुई या तीन पिस मात्र पनि काजुको सेवन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ । केही काम नगर्दा पनि थकान महसुस हुन्छ अथवा काम गर्ने मुड बन्दैन भने काजु खानाले शरीरमा ऊर्जा थपिन गई फूर्ती आउँछ ।

काजुमा सोडियमको मात्रा कम हुन्छ र पोटासियमको मात्रा बढी हुन्छ । त्यसैले काजु खाने गर्नाले रक्तचाप नियन्त्रित अवस्थामा रहन्छ । हरेक बिहान काजु खाने गर्नाले कोलेस्टेरोलको मात्रा नियन्त्रित रहन्छ ।

यसले दिमाग तेजिलो बनाउँछ । काजु खानाले शरीरमा युरिक एसिड फर्मेसन हुँदैन । युरिक एसिडको समस्या भएकालाई ड्राइफुड उपयुक्त मानिँदैन । तर त्यस्ता मानिसले पनि निर्धक्कसँग काजु खान सक्छन् ।

काजुमा कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर आदि पाइन्छ । यी तत्वले हड्डी तथा दाँत बलियो बनाउनुका साथै शरीरका सबै प्रणालीलाई चुस्त राख्छन् ।

नियमित काजु खानुका फाइदा:

– आँखाको तेज बढाउन पनि काजुले ठूलो भूमिका खेलेको हुन्छ ।
– काजुले बच्चाकोे दिमाग तेजिलो बनाउन ठूलो भूमिका खेलेको हुन्छ ।
– दाँतलाई मजबुत तुल्याउन ठूलो भूमिका खेलेको हुन्छ ।
– कब्जियतबाट टाढा रहन पनि नियमित काजु खाँदा फाइदा पुग्छ ।
– कपाल चमकदार बनाउन पूर्ण रुपमा मद्दत पुर्‍याउँछ ।
– गर्भवतीको लागि काजु बरदान मानिन्छ । जसले आमा र बच्चा दुवैलाई फाइदा पुर्‍याएको हुन्छ ।
– सधैं ताजगी र स्वस्थ, स्फुर्त रहन काजु निकै उपयोगी मानिन्छ ।
– नियमित काजु खानाले सेक्स क्षमतामा वृद्धि हुन्छ ।
– हड्डी मजबुत गराउँछ ।
– थकान मेटाउन स– शरीरहयोग पुर्‍याउँछ ।
– जुनसुकै उमेरकाले खाँदा पनि कुनै असर नपुर्‍याउने ।
– कमजोर महसुस हुनेलाई मजबुत हुन मद्दत गर्छ ।
– अनुहारको छालामा चमक ल्याउँछ ।
– कुनै साइड इफेक्ट गर्दैन ।
– मुड अपसेट हुँदा काजु सेवन गर्नाले स्वतः निराशा हटेर जान्छ ।
– डायबेटिज नियन्त्रण गर्न मद्दत पुर्‍याउँछ ।
– मुटु बलियो बनाउँछ र डर लाग्ने जस्ता रोग नियन्त्रण हुन्छ ।
– कोलेस्टेरोल घटाउन सहयोग पुर्याउँछ ।
– रक्तचाप नियन्त्रण गर्न प्रमुख भूमिका खेल्छ ।
– तनाव घटाएर थकान हुनबाट बचाउँछ ।

(Visited 10 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *