रस अनलाइन खबर आज २०७७-११-१२
नेपाल अपाङ्ग समाज सेवा संघ नेपालले कास्कीमा अपाङ्गता भएका व्यक्तिहरुलाई राष्ट्रिय अपाङ्ग पुनस्र्थापना समाज काठमाण्डौको सहयोगमा निःशुल्क ह्वीलचियर, बैशाखी, ट्राईसाइकल वितरण गरेको छ ।
उक्त सामाग्री वितरण गर्दै गण्डकी प्रदेश सभाका उपसभामुख सृजना शर्माले मानिस जन्मदा जस्तो जन्मिए पनि उसको क्षमतालाई सम्मान गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहयोगी संस्था राष्ट्रिय अपाङ्ग पुनस्र्थापना समाजका उपाध्यक्ष सुमन भट्टराईले अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न तालिमहरु दिईरहेको बताउदै देशभरका अपाङ्गता भएका व्यक्तिहरुलाइ विभिन्न सामनग्रीहरु सहयोग गर्दै आएको जानकारी दिनु भयो ।
नेपाल अपाङ्ग समाज सेवा संघका अध्यक्ष बुद्धि बहादुर बाग्दास पन्तले अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व नभएकाले आफूहरुको गुनासो सुनिदिने कोही नभएको जानकारी दिनुभयो ।