रस अनलाइन खबर आज २०७७-११-११
प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो ७०औं जन्मदिन मनाएका छन् । जन्मदिनको अवसरमा कुनै औपचारिक कार्यक्रम नराखेपनि उनले प्रधानमन्त्री निवासै पारिवारिक रुपमा जन्मदिन मनाएका हुन् ।
उनलाई जन्मदिनको शुभकामना विहानैबाट दिनेको उल्लेख्य सहभागीता छ । कतिपयले भेटेर त कतिपयले सामाजिक सञ्जालमा बिहानैदेखि शुभकामना दिएका छन् ।
उनले नेवारी संस्कृतिअनुसार जन्मदिनको सगुन लिए । प्रधानमन्त्री ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट टीका र माला ग्रहण गर्दै आर्शिवाद लिए ।
२००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा बाबु मोहनप्रसाद ओली र आमा स्व. मधु ओलीको पहिलो सन्तानका रुपमा उनी जन्मेका थिए । ओलीका बुवा मोहनप्रसाद अहिले ९१ वर्षमा हिंडिरहेका छन् । प्रधानमन्त्री ओलीका आमा भने उनी सानै उमेरको हुँदा दिवंगत भएकी थिइन् ।
(Visited 7 times, 1 visits today)