विद्यालयको गेट भत्किएर विद्यार्थीको मृत्यु

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-११-११

पूर्वी नवलपरासीको कावासोतिस्थित एक विद्यालयको मुल गेट भत्किएर च्यापिँदा एक बालिकको मृत्यु भएको छ ।

विद्यालयको फलामको मुल गेट भत्किएर च्यापिँदा गेट वरपर खेलिरहेका विद्यार्थीहरु च्यापिएका थिए ।

गेटले च्यापिएर सो विद्यालयमा कक्षा ३ मा अध्ययनरत बालिका ८ वर्षकी गमित्रा सिंजाली मगर (करुणा)को आज विहान पौने ११ बजेतिर घटनास्थलमा नै मृत्यु भएको विद्यालयका प्रधानअध्यापक लेखराज पोखरेलले बताए । मृतक बालिकाको परिवार स्थानीय बासिन्दा हुन् ।

गेटले च्यापिएर अर्का विद्यार्थी कक्षा ४मा पढ्ने ९ वर्षका बालक विस्मत ढकाल घाइते भएका छन् । घाइते ढकालको अवस्था सामान्य रहेको विद्यालयले जनाएको छ ।

गेटले पल्टिएर च्यापिएपछि विद्यालयका शिक्षकहरु दौडिएर गई गेट उठाएका थिए । गेट उठाउँदा बालिका सिंजालीको मृत्यु भइससकेको प्रत्यक्षदर्शीहरुले खबरहबलाई जानकारी दिए ।

घटनास्थलमा प्रहरीले मुचुक्का तयार गरी पोष्टमार्टमका लागि मध्यबिन्दु जिल्ला अस्पताल लैजाने तयारी गरेको छ ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *