सिन्धुलीमा कटुवा पेस्तोलसहित एकजना पक्राउ

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-११-१०

प्रहरीले सिन्धुलीमा कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार मरिण गाउँपालिका– ६ प्रतिटोल बस्ने सांगे लामा भन्ने २६ वर्षीय सांगे दोङलाई १ थान कटुवा पेस्तोलसहित आइतबार साँझ पक्राउ गरिएको हो ।

ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको टोलीले दोङलाई पक्राउ गरेको हो । प्रहरीलाई देख्नासाथ दोङ भाग्न खोजेको र सोही क्रममा नियन्त्रणमा लिई सोधपुछ गर्दा जंगलमा लुकाइराखेको अवस्थामा पेस्तोल फेला पारिएको प्रहरीको दाबी छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(Visited 6 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *