आजको राशिफल : २०७७ साल फागुन ७ गते, शुक्रबार

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-११-०७

आज मितिः २०७७-फाल्गुन-७, शुक्रबार, नेपाल सम्वत् ११४१, तदनुसार फ्रेब्रुवरी महिनाको १९, २०२१, माघशुक्ल पक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः सप्तमी घ.प.६ः२७ (९ः१५), नक्षत्रः कृत्तिका (५४ः७), योगः ऐन्द्र, करणः भद्रा, आनन्दादी योग : छत्र

चन्द्रमाः मेष, सूर्यः कुम्भ, अयनः उत्तरायण

सूर्योदयः ६ः४०

सूर्यास्तः १७ः५७

आजको राशिफलः

मेष. तपाईंको आजको दिन मध्यम रहेको छ । मान–सम्मान र पदप्रतिष्ठा प्रति आँच आउने समय रहेकाले ध्यान पुर्याउनुहोला । आलस्यताले गर्दा कामकारबाहीहरु अघि बढाउन समस्या हुन सक्छ । पेटमा समस्या आउने भएकाले खानामा विचार पुर्याउनुहोला ।

वृष. तपाईंका लागि आजको दिन ठिकै रहेको छ । सोच विचार गरेर काम गरेको खण्डमा तपाईले गरेको कामले सफलता प्राप्ति गर्ने समय रहेको छ । सबैको साथ र सहयोग प्राप्त गर्नुहुनेछ भने यात्राको अवसर मिल्नेछ । अध्ययनमा रुचि जाग्नेछ ।

मिथुन. तपाईंका लागि आजको दिन राम्रो रहेको छ भन्न सकिन्छ । आजको दिन सफलता प्राप्तिका साथै आनन्दले गरेका कामले पूर्णता पाउने समय रहेको छ । एकापसमा प्रेम सम्बन्ध घनिष्ठ हुनेछ भने आजको बसाई तपाईका लागि सुखद रहेको छ ।

कर्कट. तपाईंका लागि आजको दिन त्यति राम्रो मान्न सकिदैन । धन नाशको समय भएकाले शुरुमै सावधानी अपनाउनुपर्ने समय देखिएको छ । नयाँ व्यवसायको सुरुवात नगर्दा नै राम्रो हुनेछ । झैझगडाको सम्भावना भएकाले सचेतता अपनाउनुपर्ने हुन्छ ।

सिंह. तपाईंको आजको दिन राम्रो रहेको छ । आजको दिनमा सुरुवात गर्नुभएको काममा मन जानेछ भने पुराना साथीभाइसँग अकस्मात भेटघाटको अवसर जुट्नेछ । आर्थिक कारोबारमा सफलता मिल्दा मन प्रसन्नताका साथ दिन व्यतित हुनेछ ।

कन्या. तपाईंको लागि आजको दिन राम्रो छैन । आजको दिनमा कष्ट तथा दुःख आउने समय रहेको छ । अनावश्यक क्रोध र भयले गर्दा सम्पन्न हुन लागेको काम समेत बिग्रनेछ । इष्टमित्रको साथ नपाउँदा अत्यासको अनुभूति हुनेछ ।

तुला. तपाईंको लागि आजको दिन राम्रो रहेको छ आर्थिक कारोबारमा सफलता मिल्नेछ । चारैतर्फबाट मित्रताको भावना जागृत हुने अवसर मिल्नेछ । आज नसोचेको सफलता प्राप्ति हुनेछ । तपाईंका लागि आज अध्ययनमा सफलता हात लाग्नेछ ।

वृश्चिक. तपाईंको आजको दिन राम्रो मान्न सकिदैन । आँटेका काममा बाधा व्यवधान आउनेछ भने आफन्तको सहयोग पनि पाइनेछैन । आर्थिक कारोबारमा होसियारि नपुर्याए अरुले डुबाइदिने सम्भावना पनि उत्तिकै रहेको छ । सावधानी अपनाउनुपर्ने देखिन्छ ।

धनु. तपाईंको लागि आजको दिन राम्रो रहेको छ । यात्राका अवसर आउनेछ भने मानसम्मान र पदप्रतिष्ठाको वृद्धि हुने अवसर रहेको छ । आर्थिक तथा व्यवसायिक क्षेत्र सबल हुँदा आजको दिनमा तपाईले गरेका काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ ।

मकर. तपाईंका लागि आजको दिनमा व्यापार व्यवसायबाट आम्दानीको सम्भावना बढेको छ । शिक्षाको क्षेत्रमा सफलता प्राप्ति हुदा स्वास्थ्यले पनि साथ दिनेछ । रोजगारका अवसरहरु आउनेछन् । सबैको सहयोगले तपाइको हौशाला बढेर जानेछ ।

कुम्भ. नयाँ व्यापार तथा उद्योगको शुरुवात गर्ने योग रहेको छ । आजको दिनमा तपाइृका लागि मनग्य आम्दानीको बाटो खुलेको छ । पद–प्रतिष्ठा पाइनेछ । आम्दानीका नयाँ-नयाँ श्रोतहरु खुलेका छन् । समग्रमा तपाईको लागि आजको दिन उत्तम रहेको छ ।

मीन. आज तपाईको दिन त्यति राम्रो मान्न सकिदैन । सवारी साधनबाट धोका मिल्नेछ । नशा तथा चिसोको रोगबाट ग्रसित हुने सम्भावना पनि उत्तिकै देखिएको छ । मनमा अनावश्यक सोचाइ आउनेछ । चञ्चलताले सताउनेछ । सतर्कता अपनाउनुहोला ।

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *