रस अनलाइन खबर आज २०७७-१०-३०
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नै पृथक मौलिक सँस्कृति र सभ्यता बोकेको नेपालका तामाङ समुदायको साँस्कृतिक पर्व २८५७ औं (जीवा) सोनाम ल्होछार (नयाँ वर्ष) को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका तामाङ समुदाय लगायत सम्पूर्ण दिदीवहिनी तथा दाजुभाईहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देशमा मुख्यमन्त्री गुरुङले सम्पूर्णमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, आपसी सद्वाव, एकता, भातृत्व एवं उत्तरोत्तर प्रगतिका कामना गर्नुभएको छ । माघ-शुक्ल प्रतिपदा अर्थात् चन्द्र वर्ष चन्द्र महिना आरम्भको पहिलो दिनलाई तामाङ समुदायको नयाँ वर्ष अर्थात सोनाम ल्होसार प्रारम्भको पहिलो दिन मानिन्छ । तिब्बती(संस्कृति परम्परामा सामीप्य राख्ने तामाङ समुदायमा १२ वर्षका प्रत्येक वर्षलाई १२ जीवजन्तुका नाममा सम्बोधन हुने गरि वर्ष चक्र रहेको पाइन्छ।
लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेका उपलब्धि हुन् । वहुजातीय, वहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता विविधतायुक्त साँस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्वाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजवुत वनाउन महत्वपूर्ण योगदान दिँदै आएका छन् ।
यस पर्वले पनि विविध धर्म सँस्कृति मान्ने सम्पूर्ण नेपालीका वीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा लिएको छु, सन्देशमा भन्नुभएको छ –सोनाम ल्होछार पर्वले सवै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना वढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल वनाउन सवैमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना व्यक्त गर्दछु ।