रस अनलाइन खबर आज २०७७-१०-२८
आज मितिः २०७७-माघ-२९, विहीबार, नेपाल सम्वत् ११४१, तदनुसार फ्रेब्रुवरी महिनाको ११, २०२१, माघकृष्ण पक्ष, सम्वत्सरः प्रमादी ।
तिथिः औँसी घ.प.:४३ः३५(२४ः१२), नक्षत्रः श्रवण (१८ः१), योगः वरीयान्, करणः चतुष्पाद, आनन्दादी योग : ध्वज
चन्द्रमाः मकर, सूर्यः मकर, अयनः उत्तरायण
सूर्योदयः ६ः४६
सूर्यास्तः १७ः५१
आजको राशिफलः
मेष. तपाईकोको आजको दिनचर्या मध्यम देखिएको छ । आलस्यतपनले छाड्नेछैन । मनमा कुविचारले प्राथमिकता पाउँदा मानसिक तथा शारीरिक स्वास्थ्यमा समस्या देखिनेछ । बोलीमा विचार पुर्याउँदा राम्रो देखिनेछ । जस भन्दा पनि असजस व्यहोर्नुपर्ने देखिन्छ ।
वृष. तपाईको दिन सामान्य पारामा बित्ने देखिन्छ । सबैको रोजाईको पात्रको रुपमा आफूलाई उभ्याउन सक्ने खुबी आज तपाईले देखाउनुहुनेछ । मनमा शान्ति छाउनेछ भने सोचेका कार्यले पूर्णताको बाटो रोज्ने देखिन्छ । समग्रमा दिन सुखमय तवरले व्यतित हुनेछ।
मिथुन. शरिर र मन गहु्रङ्गो भएको महशुस हुने देखिन्छ । चारैतर्फबाट मानसिक तनावले घेर्नेछ । स्वास्थ्यमा समस्या आउदा बनेका काम पनि बिग्रन सक्ने सम्भावना देखिन्छ । आज डर र दुर्घटनाको मात्र बढेर जाने सम्भावना देखिन्छ ।
कर्कट. दिनभर मन खुशी रहनुका साथै यात्राको संयोग जुरेको छ । आम्दानीको श्रोतहरु बढ्ने भएकाले चनाखो र बुद्धिमता पुर्याउनुपर्ने देखिन्छ । स्वास्थ्यमा सुधार आउनेछ । सबैको प्यारो भइदा शारीरिक फूर्ति भने बढेर जानेछ ।
सिंह. पेट र नशामा समस्या आउने छ । मनमा विभिन्न तरङ्गले छाउँदा अनावश्यक काममा मन जाने देखिन्छ । आफ्नो नजिकको व्यक्ति वा प्यारो चिज पनि पराइका हुने सम्भावना बढेको छ । गरेको कार्यमा व्यवधान आउने सम्भावना देखिन्छ । सतर्कता अपनाउनुहोला ।
कन्या. श्रीमान-श्रीमतीबिचको सम्बन्धमा सुमधुर सम्बन्ध आउनेछ भने सन्तानको खुशी मिल्नेछ । आँटेका काम सफलताका साथ सम्पन्न हुनेछ । नयाँ-नयाँ मित्रसँग सम्बन्ध बढ्नेछ । आर्थिक क्षेत्रमा सुधार आउनेछ । समग्रमा दिन तपाईको पक्षमा देखिएको छ ।
तुला. मनोरञ्जनात्मक यात्राका साथै आम्दानीका श्रोतहरु बढेर गएका छन् । मनमा खुशीका तरङ्गहरु उत्पन्न हुँदा समाचार पनि राम्रा–राम्रा सुन्न पाइनेछन् । साथीभाइको साथले नै काम कारबाहीहरु बन्नेछन् । तपाईका लागि आजको दिन राम्रो रहेको छ ।
वृश्चिक. तपाईका लागि आजको दिनमा आत्मबल बढेर जानेछ । गरेका कार्यहरु सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । अध्ययनमा रुचि बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ भने घरपरिवारबाट राम्रो सहयोगको वातावरण मिल्नेछ ।
धनु. तपाईको आजको ठिक राम्रो मान्न सकिदैन । खर्चका माध्यमहरु बढेर जानेछन् । बोलीमा ध्यान नपु¥याउँदा बनेका काम पनि बिग्रने सम्भावना देखिएको छ । चोटपटकको भय बढेको छ भने सावधानी अपनाउनु नै बुद्धिमानी हुनेछ ।
मकर. तपाईंको दिन आजको सफलतापूर्वक बित्नेछ । सकारात्मक र शान्तिका सन्देश सुन्न पाइनेछन् । आर्थिक कारोबारमा सफलता प्राप्तिका साथै नाफाको समय देखिन्छ । मन सुदृढ हुनेछ भने आँटेका कार्यक्रमले फलिफाप दिलाउनेछ । समग्रमा तपाईको आजको दिन सुखपूर्वक बित्नेछ ।
कुम्भ. बिहानै शुभ समाचार प्राप्त गर्ने संकेत देखिन्छ । दिनभर मन प्रसन्नताका साथ व्यतित हुनेछ भने यात्राको अवसर पनि देखिएको छ । आम्दानीको श्रोत बढ्ने सुयोग रहेको छ । स्वास्थ्यमा सुधार आउनेछ । अध्ययनमा मन जानेछ ।
मीन. तपाईको आजको दिन खुशीका साथ व्यतित हुनेछ । मनोरञ्जनात्मक यात्राको अवसर मिल्नेछ । नयाँ–नयाँ व्यवसायमा मन जाँदा खुशीका खबरहरु पनि सुन्न पाइनेछ । स्वास्थ्यमा सुधार आउँदा मनमा भने प्रसन्नता छाउनेछ ।