ज्येष्ठ नागरिक लक्षित निःशुल्क आँखा उपचार

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-१०-२८

खजुरा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने सबै ज्येष्ठ नागरिकलाई आँखाको निःशुल्क उपचार गर्न शुरु गरेको छ । जनतासँग स्थानीय सरकार कार्यक्रमअन्तर्गत भिजन आँखा अस्पताल नेपालगञ्जसँग सहकार्य गरेर १ देखि ८ वडामा आँखा शिविर गरिने गाउँपालिकाले जनाएको छ ।

ज्येष्ठ नागरिकको आँखा निःशुल्क जाँच, औषधि वितरण र करीब एक सय जनाको निःशुल्क शल्यक्रिया गर्ने लक्ष्य लिइएको छ । गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले वडा नं १ राधापुर स्वास्थचौकीमा सञ्चालित आँखा शिविरको शुभारम्भ गर्दै जनताका समस्या तत्काल समाधान गर्ने उद्देश्यले कार्यक्रम चालू आर्थिक वर्षदेखि सञ्चालनमा आएको हो ।

(Visited 7 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *