महिला हिंसाविरुद्ध शुक्रबार सिंहदरबारअघि ‘महिला मार्च’ गरिँदै

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-१०-२८

महिलाविरुद्धको बढ्दो हिंसा अन्त्य गर्न माग राख्दै बृहत् नागरिक आन्दोलनको अगुवाइमा शुक्रबार काठमाडौंमा महिला मार्च गरिने भएको छ । वसन्तपुरदेखि सिंहदरबार मूलगेटसम्म हुने महिला मार्चमा सहभागी बन्न आन्दोलनले विज्ञप्तिमार्फत सार्वजनिक आह्वान गरेको छ ।

बृहत् नागरिक आन्दोलनका तर्फबाट मोहना अन्सारी, अर्चना थापा, रीता परियारलगायतले जारी गरेको विज्ञप्तिमा एकपछि अर्को गरी भइरहेका बलात्कार घटनामा सरकार मूकदर्शक भएको, बलात्कारीकै सुरक्षा गरेको भन्दै त्यसविरुद्ध सडकबाट चुनौती दिने जनाइएको छ ।

मैना सुनुवारदेखि निर्मला पन्तसम्म, अंगिरा पासीदेखि भागरथी भट्टसम्म– यो सिलसिला अब सधैंका लागि बन्द हुनुपर्छ । सबै पीडितले न्याय पाउनुपर्छ’ विज्ञप्तिमा उल्लेख छ, ‘पुरुषप्रधान कानुन र सत्ताका आडमा कुनै अपराधी र बलात्कारीले उन्मुक्ति पाउनु हुँदैन । हाम्रा घर, संविधान, कानुन, संस्था सबै अब बदलिनुपर्छ ।’

(Visited 7 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *