सुडानको डार्फरमा झडप, कम्तीमा ८३ जनाको मृत्यु

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-१०-०५

सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा कम्तीमा ८३ जनाको मृत्यु भएको छ ।

सुडानी राज्य सञ्चालित समाचार संस्था (सुना न्यूज एजेन्सी)का अनुसार शनिबारदेखि जारी झडपमा कम्तीमा ८३ व्यक्तिको मृत्यु छ । अन्य १६० व्यक्ति घाइते भएको जनाइएको छ।

‘शनिबार बिहानदेखि एल जेनिना शहरमा भएका रक्तपातपूर्ण घटनाहरू अझै जारी रहेका छन्, जसमा हाम्रो तथ्याङ्क अनुसार ८३ जना मारिएका र १६० जना घाइते भएका छन्,’ सुनाले पश्चिम डार्फर राज्यमा रहेको चिकित्सकहरूको समितिलाई उद्धृत गर्दै भनेको छ ।

सुरक्षा बल र मेडिकल सेवासहितको यातायातका साधनहरू उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको उक्त समितिले थप जानकारी दिएको छ ।

पश्चिम डार्फरमा शनिबारदेखि चलेको यस घटनालाई नियन्त्रणमा लिन स्थानीय अधिकारीहरूले निषेधाज्ञा आदेश समेत जारी गरेका छन् ।

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *