आगलागीबाट चार घर नष्ट

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-१०-०५

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित सकरदही टोलमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ ।

कङ्कालिनी–२ सकरदही निवासी जगन सुतिहारको गाईगोठबाट शुरु भएको आगलागीमा परी नारायण सुतिहार, दुर्गानन्द सुतिहार र सुमित मगरदैताको घर आज विहान जलेर नष्ट भएको वडाध्यक्ष सन्तोष गोइत यादवले जानकारी दिए ।

आगलागीबाट खाद्यन्न, लत्ताकपडा, नगद जिन्सी र भाँडाकुडा गरी करिव २० लाख मूल्य भन्दा बढीको क्षति भएको उनले बताए ।

आगो स्थानीयवासी, बारुणयन्त्र, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *