रस अनलाइन खबर आज २०७७-१०-०५
आज मितिः २०७७–माघ–०५, सोमबार, नेपाल सम्वत् ११४१, तदनुसार जनवरी महिनाको १८, २०२१, पौष शुक्ल पक्ष, सम्वत्सरः प्रमादी ।
तिथिः पञ्चमी घ.प. : ८ : २८(१०:२०), नक्षत्रः पू.भा.(५:३५), योगः परिघ, करणः कौलव, आनन्दादी योग : मुशल
चन्द्रमाः मीन, सूर्यः मकर, अयनः उत्तरायण
सूर्योदयः ६:५७
सूर्यास्तः १७:३२
आजको राशिफलः
मेष. तपाईँको लागि आजको दिन राम्रो देखिएको छ । इष्टमित्र तथा आफन्तसँगको मेलमिलापले हर्षोल्लासको वातावरण हुनेछ । आर्थिक कारोबारमा सहजता र सहयोगीपनको भावना जागृत हुनेछ ।
वृष. सन्तोषजनक रूपमा नै दिन व्यतीत हुनेछ । आफूभन्दा मान्यजनको आशीर्वादले काममा पूर्णता मिल्ने सम्भव रहेको छ । स्वास्थ्यमा सुधार आउने देखिन्छ । मन प्रसन्न हुनेछ । गरेका कामले पूर्णता पाउनेछन् ।
मिथुन. तपाइको आजको दिन त्यति राम्रो देखिँदैन । आर्थिक कारोबारमा असफलता मिल्ने सम्भावना रहेको छ । मनमा द्विविधा उत्पन्न हुँदा काममा बाधा अवरोधका साथै असफलता हात लाग्नेछ । स्वास्थ्यले साथ नदिन सक्छ ।
कर्कट. तपाइको आजको दिनमा पद प्रतिष्ठा बढ्ने योग रहँदा मान–सम्मान प्राप्त गर्ने अवसर मिल्नेछ । नयाँ–नयाँ आर्थिक कारोबारमा हात हाल्ने मन जाग्दा साथीभाइको सहयोग मिल्नेछ भने दैनिकी सफलतापूर्वक बित्नेछ ।
सिंह. तपाइको आजको दिन राम्रो मान्न सकिँदैन । झैझगडाको सम्भावना देखिएको छ भने सवारी दुर्घटनाको सम्भावना पनि उत्तिकै देखिन्छ, जसका कारण सतर्कता अपनाउनु नै उत्तम हुनेछ । बोलीमा विचार नपुर्याउँदा गर्न लागेका काम पनि बिग्रन सक्छ ।
कन्या. मान सम्मान प्राप्त हुने दिन सुअवसर मिल्नेछ । गरेको काममा सफलता मिल्दा नयाँ–नयाँ काममा मन जागृत हुनेछ । आफन्त तथा साथीभाइको सहयोगले गर्दा काममा सफलता हात लाग्नेछ ।
तुला.स्वास्थ्यमा समस्या आउँदा भइसकेका काममा अवरोध हुन सक्ने सम्भावना देखिन्छ । मनमा अनेकानेक शङ्का उपशङ्काले घेर्नेछ । आफ्नाले धोका दिँदा मन टुट्नेछ । गरेको कार्यमा व्यवधान ल्याउन नजिकका व्यक्तिहरू सक्रिय हुनेछन् ।
वृश्चिक तपाइको आजको दिन राम्रो छ भन्न सकिन्छ । मन प्रफुल्ल हुनेछ । आर्थिक कारोबारमा नसोचेका सफलता प्राप्ति हुनेछ । आत्मबल दरिलो हुनेछ । सवारी साधनले पनि फाइदा पुर्याउनेछ ।
धनु. तपाइको आजको दिन उधारो नगद उठ्नेछ । शत्रुहरूले पनि मित्रताको भावना जागृत गराउनेछन् । बिग्रिसकेको काममा नसोचेको सफलता प्राप्ति हुनेछ । स्वास्थ्यले साथ दिँदा अधुरा काममा पूर्णता हुने सङ्केत पनि उत्तिकै रहेको छ ।
मकर. बेरोजगार भए रोजगार र रोजगारी भए पद प्रतिष्ठामा वृद्धि हुने योग आजको दिनमा रहेको छ । जसको सुरुवात तपाइ स्वयंले गर्नुपर्ने हुन्छ । शत्रु पराजित हुनेछन् । थोरै विचार र बुद्धिको प्रयोग भएमा कार्य सफलताको बाटोमा जानेछ ।
कुम्भ. तपाइको आजको दिन राम्रो मान्न सकिँदैन । इच्छाएका कुराहरूमा अवरोध आउने छन् । सोचेका खानेकुराहरू खान नपाइने सम्भावना पनि उत्तिकै देखिन्छ । आर्थिक कारोबारमा होसियारी नपुर्याए डुबाइदिने सम्भावना पनि उत्तिकै देखिन्छ ।
मीन. तपाईँको आजको दिन उत्कृष्ट रहेको छ । मनोकांक्षा पुरा हुनेछ भने मान सम्मानको योग प्राप्ति हुँदा पद प्रतिष्ठा पनि बढेर जानेछन् । परिवारको साथले हरेका काममा सफलता हात लाग्नेछ ।